धरान : धरान प्रहरीले चोरीका सामाग्री सहित एक जनालाई पक्राउ गरी अदालतमा चोरी मुद्दामा म्याद थप गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार बिहीबार राति १० बजे धरान ९ को दिपपथमा रहेको नेपाल गृल उद्योगको हाता भित्रबाट ग्रेन्डर मेसिन, ड्रिल मेसिन, साउन्ड बक्स, हुफर, ओल्डीङ गर्ने चस्मा, कैँची, पिलास र विभिन्न रेन्चीहरु चोरी गरेको भन्ने प्रहरीलाई जानकारी आएको थियो ।

प्रहरीलाई जानकारी आउने बित्तिकै घटनास्थलमा प्रहरी पुगेर खोज तलास गर्दा घटनास्थल नजिकै धरान १० घर बताउने २४ वर्षीय राहुल राईलाई फेला पारी उनले बोकेको झोला खानतलासी गर्दा चोरीको सामान फेला परेको थियो ।

उनलाई पक्राउ गरी आज जिल्ला अदालत सुनसरीमा चोरी मुद्दामा म्याद थप गरी प्रहरीले सार्वजनिक गरेको जनाएको छ ।