धरान : झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट शुक्रवार दिउसो लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका-४ का २३ वर्षीय सुमन धिमाल र सुनसरी इटहरी-२ का २५ वर्षीय अमृत मग्राती रहेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ झिम्की चौकबाट धिमाललाई फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया स्थितबाट मग्रातीलाई एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।