धरान : धरान ६ पानबारी बासीले क्रसरबाट ढुङ्गा गिट्टी ओसार्ने ट्रिफरले अत्यधिक धुलो उडाएको भन्दै आज बिहान धरान पानबारी सडक खण्ड २ घण्टा अवरुद्ध पारेका छन् ।

सेहरा खोला देखि स्कुलडाडा सम्मको सडक जीर्ण भएको र त्यहाँ २४ सै घण्टा ढुङ्गा, बालुवा, गिट्टी बोक्ने ठुला ट्रिफरहरु कुदने भएकोले अत्यधिक धुलो उडेकोले आफूहरूले सडक अवरुद्ध गरेर विरोध जनाएको स्थानीय रोहिणी गौतमले बताए ।

खदम खोलामा सञ्चालनमा रहेका ३ वटा क्रसर उद्योगबाट टिप लगाउने ट्रिफरहरु तीव्र गतिमा कुद्दा गाउँ टोलमा बसीनसक्नुको धुलोको कुहिरीमण्डल हुने गरेको र आँखा खोल्न र श्वास फेर्न समेत समस्या हुने गरेको स्थानीयहरू बताउँछन् ।

यस भन्दा अघि पनि विरोध गर्दा क्रसर उद्योगले दिनको २ पटक सडकमा पानी छ्याप्ने सहमति भएको थियो । अहिले फेरि पछिल्लो समय पानी छ्याप्न छाडिएको कारण धुलो बढी उडेकोले बसी नसक्नु अवस्था आएकोले आज बिहान २ घण्टा सडक बन्द गरेर विरोध गरेको स्थानीयवासीले बताए ।

सेहरा खोला देखि पूर्व स्कुलडाडा सम्म अत्यधिक सडक बिग्रिएकोले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई सडक मर्मत गर्न अनुरोध गर्दा यो सडक राष्ट्रिय योजना मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने भएको भन्दै मर्मत सम्भार हुन नसक्दा स्थानियबासीलाई यो सडकको धुलो सकस भएको हो ।

आज बिहान २ घण्टा सडक बन्द गरेर सडकमा केही हम्स जस्तो बनाएका छौ, पानी छ्याप्ने क्रसरले भनेको छ यस्तै अवस्था रहीरहयो भने फेरी केही न केही गर्नुपर्ने स्थानीयवासीले बताए ।

Panmara-Bato-abarudda