इटहरी : प्रधानमन्त्री केपी शर्मा ओली नैतिक रूपमा पतन भइसकेको भन्दै नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले राजीनामा माग गरेका छन् ।

काँग्रेस केन्द्रीय समितिले ओलीको राजीनामा माग्ने निर्णय गरेको कारण माओवादी केन्द्र र जसपाले साथ दिए नयाँ सरकार बनाउन सकिने बताए।

शनिवार प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले यो सरकारले शासन गर्ने नैतिक हैसियत गुमाएको धारणा राखे । ओलीको गृह जिल्ला झापा पुगेर उनले संसदीय प्रणालीलाई निरर्थक बनाउन प्रधानमन्त्री लागि परेको बताए।

मध्यावधि निर्वाचन मार्फत मुलुकलाई नयाँ दिशा दिनुपर्ने निधिको तर्क छ। चिन्तन सिके प्रसाईँकी धर्म पत्नी गिरिराजकुमारी प्रसाईँको निधनमा श्रद्धाञ्जली दिन झापा पुगेका उनले पत्रकार महासङ्घको निर्वाचनमा प्रेस युनियनलाई विजयको शुभकामना दिए ।

२५ गते हुने निर्वाचनमा पार्टीका साथीहरू एक भएर लागिपर्नुपर्ने बताए ।