धरान : धरानका व्यवसायी गोपाल श्रेष्ठ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रीय एसोसिएसनको निर्वाचनमा निर्विरोध निर्वाचित भएका छन्।

एशोसिएशनको  काठमाण्डौंमा  शनिवार भएको राष्ट्रिय अधिवेशनमा धरानका श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। 

उनी धरानमा विगत २०६४ साल देखी अरुण पेट्रोलियम सञ्चालन गर्दै आएका छन् । उनी सुनसरी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष पनि हुन्  भने कोसी पेट्रोलियम डिलर्स  एसोसिएसनका समेत सदस्य रहेका छन्। 

गत फागुनमा विराटनगरको होटेल रत्नामा भएको १४ औ वार्षिक साधारण सभामा उनी  पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घको द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए।