वराहक्षेत्र : नेपाली काँग्रेस वराहक्षेत्रका वडा नं १ का उप-सभापति समेत रहेका वडा नं १ का तरुण दलका सभापति सन्तोष श्रेष्ठको सक्रियतामा स्थानीय खारखोला नजिकको चैरास्ता झण्डा चौकमा सिसी टिभी जडान गरिएको छ।

जडान गरिएको सिसी टिभीको आइतबार वडा नं १ का अध्यक्ष सुरेश श्रेष्ठले उद्घाटन समेत गरेका छन् ।
वडा नं १ को वडा कार्यालयको अगाडि चौबाटोमा दैनिक हजारौँ यातायातको साधनहरू आवतजावत गर्ने र यस क्रममा हुन सक्ने दुर्घटना तथा आपराधिक घटना नियन्त्रण तथा अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले सिसी क्यामेरा  जडान गर्ने कार्यको थालनी स्वरूप पहल गरेको सन्तोष श्रेष्ठले बताए।

उनका अनुसार हाल सम्म दाताहरूले सहयोग गर्छु भनेर वचन दिएको र हाल आफ्नै खचमा ४१ हजारको लागतमा सिसी टिभी जडान गरिएको छ।

जडान भएको सिसिटिभी सञ्चालन, फुटेजको उपयोग तथा मर्मत सम्भार वडा कार्यालयको मातहतमा रहने वडा नं १ अध्यक्ष सुरेश श्रेष्ठले बताए । सिसी टिभी जडानको कार्यले आपराधिक घटना नियन्त्रण तथा अनुसन्धानमा यसले सहयोग पुर्याउने भन्दै उनले सन्तोष प्रति धन्यवाद  ज्ञापन समेत  थिए।

सिसी टिभी जडान कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठ सहित नेपाली काँग्रेसका जिल्ला सदस्य दिपेशजंग बस्नेत, नगर सभापति नारायण नेपाल, वडा नं १ सभापति ईश्वर थापा, निर्माण व्यवसायी सङ्घ सुनसरी पूर्व उपाध्यक्ष अशोक खड्का लगाएले सन्तोष श्रेष्ठलाई धन्यवाद व्यक्त गरेका थिए ।

वडा कार्यालयको संरक्षणमा रहने उक्त सिसिटिभीको मनिटरीङ र कन्ट्रोल रुम नजिकै रहेको  वडा कार्यालयमा राखिएको छ ।