इटहरी : इटहरीको तिरुपति प्लाई हाउसमा अहिले भीषण आगलागी भइरहेको छ ।

इटहरी १० विराटनगर लाइन दक्षिणमा रहेको तिरुपति प्लाइ हाउसमा भीषण आगलागी भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

बिहान साढे ७ बजे देखि लागेको आगो पूर्वका विभिन्न ठाउँबाट आएका आधा दर्जन बढी दमकलले आगोलाई नियन्त्रणमा लिन सकेका छैनन् । प्लाई उद्योग भएकोले उद्योगको भित्री भागमा भीषण आगलागी भइरहेको प्रहरीले बताएको छ । आगलागी अहिले नियन्त्रण बाहिर रहेकोले नियन्त्रण लिन प्रयास भइरहेको छ ।