धरान : सुनसरी प्रहरीले ८७ केजी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरीको कोशी गाउँपालिका वडा नं ६ श्रीपुर बस्ने देवनारायण मुखियाको छोरा उदय कुमार मुखिया र सोही स्थान बस्ने भक्ति भन्ने विहारी मुखिया रहेका छन् ।

सुनसरीको कोशी गाउँपालिका वडा नं ४ कोशी कटान देखि ५ सय मिटर पश्चिम सडक छेउ बाँसझाङमा बालुवाको थुप्रोमा खाल्डो बनाइ बालुवाले पुरी लुकाई छिपाई राखेको अवस्थामा ३ वटा प्लास्टिकको बोरामा प्रति वोरा २९ किलोग्रामका दरले जम्मा ८७ किलोग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।

पक्राउ गरिएका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी सुनसरी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइहरेको थापाले बताए ।