धरान : सुनसरीको धरान ८ भोटेपुल बस्ने २७ वर्षीय सबिन नेपालीलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान साढे ५ बजे विशेष सूचनाको आधारमा नेपालीको घरको कोठामा लुकाई छिपाई राखेको लागूऔषध डाइलेक्स डिसी ६ बोतल र स्पामोप्रोक्सीभान प्लस ३३६ क्याप्सुल सहित उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।