इटहरी : इटहरीको तिरुपति प्लाई उद्योगमा लागेको आगो १५ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

Aglagi-7

सोमबार बिहान साढे ७ देखि सुरु भएको आगलागी दिनभरि पूर्वका विभिन्न स्थानका १५ वटा दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगलागी नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले बताए ।

Aglagi-9

इटहरी १० विराटनगर लाइन दक्षिणमा रहेको तिरुपति प्लाइ उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगोलाई नियन्त्रणमा लिनका लागि १५ दमकल सहित नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय खटेका थिए ।

Aglagi-6

प्लाई उद्योग भएकोले उद्योगको भित्री भागमा लागेको आगो नियन्त्रण गर्न समस्या भएको बताइएको छ । यो समाचार तयार पारुन्जेल सम्म आगो ८० प्रतिशत मात्रै नियन्त्रण गर्न सकिएको र भित्री भागमा आगो लागिरहेको घटना स्थलमा रहेका प्रहरीले बताएका छन् ।

Aglagi-5

आगलागीबाट उद्योगमा तयारी भएका प्लाई र प्लाईका लागि ल्याइएका उत्तिस लगायत जलेको छ । उद्योग भित्र राखिएको प्लाईको थाकमा लागेको आगो निभाउन समस्या भएको बताइएको छ । आगलागीबाट के कति क्षति भयो क्षतिको विवरण आगो नियन्त्रणमा आई नसकेकोले आएको छैन ।

Aglagi-1 Aglagi-2 Aglagi-3 Aglagi-4 Aglagi-5