बिर्तामोड : झापाको बिर्तामोडमा सीमाविहीन महामारीजन्य र आर्थिक हिसाबले महत्त्वपूर्ण पशु रोग सम्बन्धी १ दिने अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गत आ।एस।यु त्रिपुरेश्वर काठमाण्डौको आयोजनामा सम्पन्न कार्यक्रम बिर्तामोड स्थित सेन्टरपोइन्ट पार्टी प्यालेसमा सञ्चालन भएको थियो ।

कार्यक्रमको अध्यक्षता कृषि तथा पशुपन्छी क्वारेनटाइन काकरभिट्टाका प्रमुख डाक्टर रामकुमार मण्डलले गरेका थिए । कार्यक्रममा झापा जिल्लाका आठ वटै स्थानीय तहका कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख तथा कर्मचारीहरू, कृषक, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा छिमेकी मुलुक भारत वाट असुरक्षित रूपमा आयात हुने जन्य सामाग्रीबाट विभिन्न रोगहरू भित्रिरहेको सवालमा अन्तरक्रिया गरिएको थियो ।

बाहिर वाट भित्रिने महामारीजन्य रोग वाट वर्षेनि ठुलो धनजनको क्षति हुने गरेको सन्दर्भलाई मध्यनजर गरी आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाल कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले बाहिर वाट आयात हुने मासु जन्य कुखुरा नियन्त्रणमा लिए पनि कडाइका साथ कारबाही नभएकोमा गुनासो व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा कृषि तथा पशुपन्छी क्वारेनटाइन काकरभिट्टाका प्रमुख डाक्टर रामकुमार मण्डलले सिमामा समातिएका अवैध मासु जन्य कुखुराहरू साथै अन्य कृषि जन्य सामाग्री को हकमा कडाइका साथ कारबाही गर्ने ढङ्गले काम हुने कुरामा विश्वस्त रहन आग्रह गरे ।

कार्यक्रमको प्रभावकारिताको बारेमा प्रस्ट पार्दै झापाको अर्जुनधारा नगरपालिका पशुपन्छी मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले पशुजन्य रोगहरूको महामारीले मानव स्वास्थ्यमा समेत असर पार्ने हुँदा यसको बारेमा जानकारी दिने गरी कार्यक्रम आयोजना गरिएको बताए ।

वर्ड फ्लु, स्वइन फ्लु लगायतका महामारी जन्य रोगहरू भित्रिन नदिन सरोकारवाला निकाय वाट कडाइका साथ निगरानी र सचेतना अपनाउनकालागी आह्वान गर्ने उध्येश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गत आ।एस।यु त्रिपुरेश्वर काठमाण्डौका वरिष्ठ पशु चिकित्सक अर्जुन पण्डितले विभिन्न पशु सेवाका सरोकारवाल निकायका प्रमुख तथा प्रतिनिधीहरुलाई बाहिर वाट आयात हुने पशुजन्य सामाग्री तथा मासुजन्य सामाग्री वाट विभिन्न महामारीका सीमा विहीन रोगहरूको नियन्त्रणका लागि हालको व्यवस्थापनको सुदृढीकरणका लागि गोष्ठीको आयोजना गरिएको जानकारी दिए ।