धरान : धरानमा खानेपानीको चरम अभाव भएको भन्दै धरान उपमहानगरपालिका घेराउ गरिएको छ ।

धरान दीर्घकालीन खानेपानी सङ्घर्ष समितिका हर्क साम्पाङको नेतृत्वमा पुगेको सयौँको सङ्ख्यामा रित्तो गाग्री सहित आएको जुलुसले नारा जुलुस गर्दे धरान उपमहानगरपालिकाको गेटमा पुगेर नाराबाजी गर्दै घेराउ गरेको छ ।

Khanepani-Birodh-4

असफल एडिबीको आईयुडीपी परियोजना खानेपानी संस्थानलाई जिम्मा दे, लगायतको नारा जुलुस गर्दै नगरपालिकाको गेट अगाडी धर्ना अहिले पनि दिई रहेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर, उपमेयर र खानेपानी बोर्डका सदस्यहरूलाई ज्ञापन पत्र बुझाउने भन्दै अहिले नगरपालिका अगाडी कोणसभा भइरहेको छ ।

Khanepani-Birodh-1 Khanepani-Birodh-3