धरान : झापाको गौरादह नगरपालिका-३ बस्ने भक्त बहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगद सहित प्रहरीले पक्राउ गरेको छ ।

गए राती साढे १० बजे विशेष सूचनाको आधारमा प्रहरीले घर धनी बर्देवा सहित गौरादह-२ का ३२ वर्षीय निर्मल थापा, गौरादह-३ का ३५ वर्षीय अङ्कित कार्की, सोही स्थानका ३८ वर्षीय सुरेश भण्डारी, गौरादह-४ का ३६ वर्षीय मोहन खरेल, कनकाई-३ का ४० वर्षीय राम प्रसाद खतिवडा, सोही स्थानका ४२ वर्षीय ईश्वर खतिवडा, कनकाई-७ का ४६ वर्षीय विष्णु प्रसाद उप्रेती र दमक-७ का ३८ वर्षीय निर बहादुर सुनुवारलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने पाउडर थान १ र नगद ६९ हजार ४ सय २० रुपैयाँ सहित पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।