धरान : इलामको रोङ गाउँपालिका ३ मार्से कि ४८ बर्षीया मन माया राईको आगोले जली मृत्यु भएको छ ।

सोमबार दिउसो ११ बजे उनी आफ्नै भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा उनिले लगाइएको कटनको कपडामा आगो सल्किन गई शरीरको विभिन्न भागमा पोली घाइते भई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो ।

अस्पतालमा उपचार हुन नसकी रातको सभा ९ बजे थप उपचारको लागी मेची अञ्चल अस्पताल भद्रपुरमा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।