धरान : भोजपुरको अरुण गाउँपालिका ४ छेम्ताङमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

सोमबार बेलुका ६ बजे धरानबाट भोजपुर तर्फ जाँदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई सडकको बायाँ भित्तामा ट्रकको अगाडीको भाग जोतिन गई दुर्घटना हुँदा ट्रकमा सवार सोही ट्रकका धनी मोरङ पथरीशनिश्चरे-८ का ४३ वर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक भोजपुर अरुण गाउँपालिका-६ जरायोटार का २० वर्षीय जनक बहादुर खड्का गम्भीर घाइते भई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।