धरान : झापाको मेचीनगर नगरपालिका ६ स्थित गैरीगांउबाट सोमबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा कनकाई ३ का ३६ वर्षीय रोशन यादव र कनकाई ५ का २१ वर्षीय समीर लिम्बु रहेका छन् ।

उनीहरूलाई ४ ग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।