धरान : भोजपुरको भोजपुर नगरपालिका-४ मान्द्रेमा काठ सम्बन्धि काम गर्ने मजदुरको काठको मुढाले किचेर मृत्यु भएको छ ।

आज बिहान ८ बजे धनकुटा पाख्रिवास–३ मुवाखोला का २२ बर्षीय निर बहादुर मगरको काठको मुढा पल्टाउने क्रममा सोही मुडाले थिची घाईते भएका थिए ।

उनको उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्याउन साथ दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।