धरान : प्रदेश १ मा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढ्दै गएको छ ।

आज प्रदेश १ मा मात्रै १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सबै भन्दा धेरै आज विराटनगर महानगरपालिकामा ५ जना महिला, ३ जना पुरुष गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी मोरङको सुन्दरहरैचा नगरपालिकामा १ जना पुरुष, बुढीगंगा नगरपालिकामा १ जना महिला, कानेपोखरी गाउँपालिकामा १ जना महिला, झापाको दमक नगरपालिकामा १ जना पुरुष, उदयपुरको उदयपुरगढी गाउँपालिकामा १ जना महिला, सुनसरीको बराहक्षेत्र नगरपालिकामा १ जना पुरुष र प्रदेश १ बाहिरका १ जना महिला र १ जना पुरुष गरी प्रदेश १ मा ९ महिला, ७ पुरुष सहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको जम्मा सङ्ख्या २९,३१२ पुगेको छ भने अहिले सम्म कोरोना सङ्क्रमणबाट निको भएकाको सङ्ख्या २८,८१२ रहेको छ ।

अहिले सम्म प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ४३६ पुगेको छ भने अहिले ६४ जना आइसोलेसनमा रहेका छन् ।