धरान : नेपाल पत्रकार महासङ्घमा नयाँ नेतृत्व चयन गर्न प्रदेश १ मा १ हजार ६ सय १५ मतदाता रहेकोमा १ हजार ४ सय ८७ मत खसेको छ ।

प्रदेश १ का लागि २१ पदमा ४७ जनाले मनोनयन दर्ता गरेका थिए । विभिन्न प्यानलमा निर्वाचनमा उत्रिएका पत्रकारहरूमा प्रेस युनियन नेपाल, प्रेस सङ्गठन, प्रेस चौतारी नेपाल माधव नेपाल समूहको एउटा प्यानल र अर्को प्रेस चौतारी नेपाल ओली समूह र प्रेस मञ्चको साझा गठबन्धन बनेको थियो ।

हिजो प्रदेश १ को १४ वटै जिल्लामा शान्तिपुर्णरुपमा निर्वाचन सम्पन्न भएको छ भने राति देखि मतगणना सुरु भएको छ । प्रदेश १ का केही जिल्लाहरूमा मतगणना सम्पन्न भएको छ भने मतदाताको सङ्ख्या धेरै रहेको जिल्लाहरूमा अहिले मतगणना जारी रहेको छ । ओखलढुङ्गा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, भोजपुरमा मतगणना सकिएको छ । सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरूमा अहिले मतगणना जारी रहेको छ ।
ताप्लेजुङमा आनन्द गौतम विजयी भएका छन् । भोजपुरमा एक्सन राई अध्यक्षमा विजयी भएका छन् । धनकुटामा नगेन्द्र राई विजयी भएका छन् । 

तेह्रथुममा प्रेस युनियन नेपालको प्यानल विजयी भएको छ । नेपाल पत्रकार महासङ्घ तेह्रथुमको अध्यक्षमा अमृत बास्तोला, उपाध्यक्षमा टिआर सेनेहाङ, महिला उपाध्यक्षमा सीता लिम्बु, सचिवमा राजकुमार तेङ्युङ, सहसचिवमा रेवत पारघरी, कोषाध्यक्षमा लक्ष्मीनारायण मिश्र विजयी भएका छन् । यसै गरी सदस्यहरूमा छवि सनम कन्दङ्वा, तोर्ण बस्नेत, सीता भण्डारी, जितलाल कुरुम्भङ र विकेन्द्र बराल विजयी भएका छन् ।

सुनसरीमा प्रदेश तर्फको मत गणना सकिएको छ । जस अनुसार मुख्य पदाधिकारीहरूमा अध्यक्ष पदका लागि मोहन काजी न्यौपाने ८२, लिलावल्भ घिमिरे १५१, उपाध्यक्ष खुल्लामा रोहित राई १५२, लवदेव ढुङ्गाना ८६, उपाध्यक्ष महिलामा कोकिला ढकाल ७४, हिमाकुमारी चेम्जोङ १४९, महासचिवमा फिपराज बेघाले ८१, विवेक गौतमले १४१ मत प्राप्त गरेका छन् ।

यसै गरी सचिव खुल्लामा देवेन्द्र कार्की १७१, अभिजाल विष्ट ६१, समावेशी सचिवमा सन्तवीर लामा ६३, सन्तोष यादव १७६, कोषाध्यक्षमा विमल लामिछाने १३७, सन्तोष रुचालले ८३ मत प्राप्त गरेका छन् ।

यस्तै धनकुटामा प्रदेश कमिटीमा मोहन काजी न्यौपाने ३०, लिलाबल्लभ घिमिरे ७७, उपाध्यक्ष रोहित राई ४२, लवदेव ढुङ्गाना ६८, उपाध्यक्ष महिला कोकिला ढकाल २१, हिमाकुमारी चेम्जोङ ९२ , महासचिव फिपराज बेघा लिम्बु ४५, विवेक गौतम ६४, सचिव खुल्ला अविजाल विष्ट ३५, देवेन्द्र कार्की ७५ ,सचिव समावेशी सन्तवीर लामा ७९, सन्तोष यादव ३६, कोषाध्यक्ष विमल लामिछाने (बुद्धि) ३२, सन्तोष रुचालले ७९ मत प्राप्त गरेका छन् ।