धरान : मोरङको विराटनगर १६ हुलासचौकमा ट्याम्पु चालकलाई लागूऔषध सहित पक्राउ गरिएको छ ।

आज बिहान साढे ७ बजे को २ ह ५८०६ नम्बरको अटो चालक सुनसरी धरान १६ का २४ वर्षीय निखिल जोशीले चलाएको सो ट्याम्पुमा लागूऔषध स्पास्मो प्रोक्सिभन क्याप्सुल ३२० पिस फेला पारी ट्याम्पो सहित पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।