विराटनगर : बिहीबार बेलुका बर्षा सगै परेको चट्याङबाट छुट्टा छुट्टै स्थानमा ३ जना मानिस घाईते भएका छन् ।

संखुवासभा मकालु-५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएका थिए । हाल उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको जनाएको छ ।

त्यस्तै सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवा उपचार भईरहेको छ भने ओखलढुंगा सिद्धिचरण-६ बस्ने १५ बर्षीया रश्मिता मगर घर भित्र रहेको अवस्थामा चट्याङमा परी घाईते भई मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ ।