ओखलढुङ्गा : ओखलढुङ्गाको ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-२ खोपगाउ का २० वर्षीय प्रकाश सुनुवारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

बिहीबार दिउसो ११ बजे सोही स्थानमा रहेको लिखु खोलामा पौडी खेल्ने क्रममा उनी  खोलामा डुबेका थिए।

स्थानीय मानिसहरूले  खोलाबाट निकालेर उपचारको लागी सिन्धुलीको खुर्कोट स्थित सुनकोसी सामुदायिक अस्पताल लगेकोमा उपचारको क्रममा सुनुवारको दिउसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।