धरान : धरान उपमहानगरपालिका वडा नं. १५ मा अवस्थित शिवगंगा बस्तीका महिलाहरूले तारा राईको अध्यक्षतामा शिवगंगा सुनौलो महिला समूह नामक संस्थाको गठन गरेका छन् ।

समूहको उपाध्यक्षमा विमला लिम्बु, सचिवमा कान्छीमाया राई, सह-सचिवमा दुर्गा लिम्बु, कोषाध्यक्षमा उर्मिला रसाइली सदस्यहरूमा कमला वि.क., पार्वती घिमिरे, तारा गुरुङ, सानुका नेम्बाङ लिम्बु, विमला राई, श्यामकुमारी विक, कोमोलिका राई र पवित्रा राई रहेका छन् ।

टोलका महिलाहरू लाई सचेतनाका साथै स्वरोजगार मूलक सीप प्रदान गर्दै सामाजिक सेवाका कार्यहरू गर्न, महिला हिंसा विरुद्ध एकजुट हुने उद्देश्यले संस्था गठन गरिएको र संस्था दर्ता भए पछि काम सुरु गर्ने समूहले जनाएको छ ।