धरान : धरान-१४ लाई पर्यटकीय केन्द्रकोरुपमा विकास गर्ने मुख्य उद्देश्यका साथ आज देखि दुई दिने पर्यटन खाद्य स्वच्छता एवं अतिथि सत्कार तालिम सुरु भएको छ ।

धरान उपमहानगरपालिका वडा नं १४ को आयोजना, होटल एसोसिएसन अफ धरानको संयोजन र धरान इन्टरनेशनल कलेजको सहयोगमा सुरु भएको तालिमको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले उद्घाटन गरे ।

Talim-1

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर तिलक राईले यस्ता तालिमले क्षमता विकास सँगै आत्मनिर्भर पनि बनाउने छ । धरान १४ विजयपुर प्रदेश १ कै धार्मिक पर्यटकीय क्षेत्र भएकोले यहाँ पर्यटन प्रवर्द्धन गर्न सके यहाँका स्थानियबासीहरुलाई ठुलो फाइदा पुग्ने बताउँदै उनले भने पर्यटन खाद्य स्वच्छता एवं अतिथि सत्कार तालिम भएकोले यो तालिम मौलिकता र हाम्रो आवश्यकता बन्न सकोस् ।

Talim-2

कार्यक्रममा धरान १४ का वडाध्यक्ष शोभा पुलामी राई, १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा धरान १४ का होटल व्यवसायी, पर्यटन व्यवसायी र पर्यटन व्यवसायमा रुचि राख्ने २५ भन्दा बढीको सहभागिता रहेको १४ नम्बर वडा सचिव अनिष काफ्लेले जानकारी दिए ।

तालिममा होटल एसोसिएसन धरान र धरान इन्टेल कलेजका लोकेन्द्र श्रेष्ठले सहजीकरण गर्दैछन् । ७५ हजार बजेटमा सो तालिम आयोजना गरिएको बताइएको छ ।

Talim-3