धरान : धरान-१४ विजयपुरमा अपाङ्गता भएकाहरूको निःशुल्क स्वास्थ्य शिविर भएको छ ।

धरान उपमहानगरपालिकाको सामाजिक महाशाखा र १४ नम्बर वडाको आयोजना र करुणा फाउन्डेसनको आर्थिक सहयोगमा भएको स्वास्थ्य शिविरमा करिब ५० जनाले स्वास्थ्य परीक्षण गरेको अपाङ्गता सहजकर्ता विनोधा राईले जानकारी दिएकी छिन् ।

नाक, कान, घाँटी र अरू पनि स्वास्थ्य सम्बन्धी शिविरमा परीक्षण गर्नुका साथै १३ जनाको अपाङ्गता परिचय पत्र समेत बनाएको १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।