धरान : एसियन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाले धरान स्थित श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई सहयोग गरेको छ ।

कम्पनीले १३ पुरा गरी १४ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विद्यालयलाई अध्ययन सामग्री तथा फलफूल वितरण गरेको हो ।

कम्पनीले १३ वर्ष अवधिमा अधिकतम पुँजी ५अर्ब , चुक्तपूँजी २ अर्ब १ करोड आर्जन गरेको छ भने जीवन बीमाकोष २५ अर्ब ५० करोड , कूल बीमाशूल्क २८ अर्ब ८६ करोड रहेको धरान कम्पनीमा शाखा प्रमुख तिलक कालिकोटेले जानकारी दिए ।