धरान : सम्यक शिक्षा समूह धरानको आयोजनामा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा विशेष गरी ज्येष्ठ नागरिकहरूको उच्च रक्त चाप, मधुमेह र रक्त समूह परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा वीपीकेआईएचएस धरानका पीएसआरएन, र ब्लड डोनेसन कमिटीले प्राविधिक सहयोग गरेका थिए ।

शनिवार स्वयम्भू चैत्य महाविहारमा सम्पन्न शिविरमा १०० जनाको स्वस्थे परीक्षण गरिएको थियो । नियमित स्वस्थे परीक्षण गर्नु पर्छ र केही खराबी देखिएका अस्पतालमा गई डाक्टर सँग परामर्श लिनु पर्छ भन्ने सचेतना समेत दिएको सम्यक शिक्षा समूहकी अध्यक्ष चन्द्रमाया शाक्यले बताए ।

उक्त रक्तचाप र मधुमेह परीक्षण गरे मात्र पनि धेरै रोगबाट बच्न सकिने भएकाले यो स्वास्थ्य शिविर उपलब्धिमूलक भएको कार्यक्रम संयोजक गजेन्द्र श्रेष्ठले बताए । कार्यक्रममा वीपीकेआईएचएस धरानका चिकित्सक तथा स्वास्थ्य सेवीहरूको सहयोग गरेको थियो ।

समापन कार्यक्रममा सहयोगी स्वास्थ्य सेवी लगायतलाई धन्यवाद पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।