धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अन्तर विभागीय फुटसल मेनिया टुर्नामेन्टमा जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन विभाग विजेता भएको छ ।

प्रतिष्ठानका एघार वटा विभाग बिच भएको खेलको फाइनलमा जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन र एमडिएस डेन्टल बिच भयको थियो । निकै रोमाञ्चक भएको फाइनल खेलमा विजेता टिम २-१ अन्तर गोलले विजेता भएको थियो ।

जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन विभागका विभागीय प्रमुख प्राध्यापक डाक्टर ज्ञानेन्द्र बहादुर मल्लले मानिस स्वास्थ्यमा पूर्ण फिट रहन खेल अपरिहार्य रहेको बताए ।

सो खेलमा वेस्ट प्लेयर अफ दि टुर्नामेन्ट डाक्टर समीर क्षेत्री, स्टार अफ दि टुर्नामेन्ट डाक्टर राजु चापागाईँ, वेस्ट किपर डाक्टर चिरञ्जीवी भएका थिए ।

फुटसल प्रतियोगिता को पुरस्कार वितरण कार्यक्रम का प्रमुख अतिथि डा सिबेन्द्र झा, डाक्टर रितेस चौधरी, डाक्टर धन केशर खड्का, डाक्टर प्रमोद बरालले विजेताहरूलाई ट्रफि, सिल्ड तथा सर्टिफिकेट प्रदान गरेका थिए ।

फुटसल प्रतियोगितालाई देउराली जनता फर्मासिट्युकल्स र एसियन फर्मासिट्युकल्सले प्रायोजन गरेको थियो ।