झापा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड बुट्टाबारी सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका-६ बुट्टाबारीमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाइकलले ओभर ट्याक गर्ने क्रममा बसमा ठोक्किदा मोटरसाइकल अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७२८९ नम्बरको ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको थियो।

दुर्घटनामा परि मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका ५ बैसाबारी का ३८ वर्षीय रामकान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक इलाम देउमाई ६ रक्सेका ४२ वर्षीय निमा शेर्पा र बस सहित बस चालक मोरङको उर्लाबारी ४ का ३० वर्षीय खड्का बहादुर भुजेल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।