धरान : प्रदेश १ मा आज २ महिला ५ पुरुष सहित ७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । 

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सुनसरीको दुहबी नगरपालिकामा १ जना पुरुष, इटहरी उपमहानगरपालिकामा १ जना पुरुष गरी २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

मोरङको धनपाल थान गाउँपालिकामा १ जना पुरुष, विराटनगर महानगरपालिकामा १ जना महिला र १ जना पुरुष, उदयपुरको चौदण्डीगढी नगरपालिकामा १ जना महिला र प्रदेश नं १ बाहिरका १ जना गरी २ महिला ५ पुरुष सहित ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३०,४४५ पुगेको छ भने डिस्चार्ज हुनेको सङ्ख्या २९,८५८ रहेको छ भने मृत्यु हुनेको सङ्ख्या ४६६ पुगेको छ । अहिले १२१ जना सङ्क्रमित आइसोलेसनमा रहेका छन् ।