धरान : ठुलो मात्रमा अवैध औषधी सहित धरान प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज बिहान ८ः५० बजे धरान ६ पानवारी बस्ने २६ वर्षीय दिनेश खडका लागुऔषध सहित पक्राउ परेका हुन् । खडका सुत्ने कोठामा खानतलासी गर्दा खाटमुनि हरियो रङ्गको बजारे झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा Cetadol-50 लेखिएको ३ सय ४४ क्याप्सुल, SPASPAIN लेखिएको ३ सय ३३ ट्याब्लेट, सोही झोलामा १ हजार ६ सय २० रुपैयाँ बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

ठुलो मात्रमा औषधी सहित पक्राउ परेका खड्कालाई आवश्यक कारर्बाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ । 

यसै गरी धरान ११ का २२ वर्षीय पवन राईलाई पनि अवैध औषधी सहित धरान प्रहरीले पक्राउ गरेको छ । 
चैत्र २७ गते धरान ८ तीनकुनेमा सवारी साधन चेक गर्नेक्रममा चेक गर्ने प्रहरी टोलीलाई देखि संकास्पदरुपमा भाग्न खोजेकोले उनलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

उनलाई पक्राउ गरी खानतलासी गर्दा उनले बोकेको झोलाबाट Cetadol-50 लेखिएको ४७ strips मा ४६७ क्याप्सुल,  लेखिएको ३७ strips मा ३६७ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई पनि आज आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।