उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ११ का ३० वर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

आइतबार दिउसो साढे १० बजे विशेष सूचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजिटल मेशिन थान १, विभिन्न कम्पनीका मोबाइल थान १०, सिम कार्ड थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गत माघ १६ गते देखी कार्की ब्राउन सुगर बिक्री वितरण मुद्दाको फरार प्रतिवादी समेत रहेको सो कार्यालयले जनाएको छ ।