चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ८ का कम्युनिस्ट पार्टीमा क्रियाशील मुस्लिम समुदायका अगुवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेको छन् ।

वर्तमान कम्युनिस्ट सरकारले मुस्लिम समुदायको हक, अधिकार कटौती गरेको भन्दै मौलाना अजिम, मो. सहादत अलि, मो. जमिल मिया, मो. खलिल मिया, मो. जकिर अलि, नसिम खातुन, नज्वुन खातुन, रोहनी खातुन, खुश्बु खातुन, अब्दुल शकर, मो. शरिफ, रकिबुल अलि लगायत २० भन्दा बढी नेपाली काँग्रेसमा प्रवेशमा गरेका हुन् ।

वराहक्षेत्र ८ को झनझनपुरमा आयोजना भएको नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका जिल्ला सचिव केदार भण्डारी, महा- समिति सदस्य बाबुराम विष्ट , अनु गुरुङ, पूर्व जिल्ला सचिव बुद्धि कट्बाल, सदस्य मुना अधिकारी, शङ्कर बस्नेत , कालूराम चौधरी क्षेत्र नं ४ सचिव रमेश कार्की लगायतले काँग्रेसमा स्वागत गरेका थिए।

वडा नं ८ का सभापति रत्नबहादुर राउतको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा जिल्ला सचिव भण्डारी प्रमुख अतिथि रहेका थिए ।

प्रवेश पछि बोल्दै नवप्रवेसी मौलाना अजिमले कम्युनिस्ट सरकारले मुस्लिम समुदायलाई विभेद गरेको भन्दै काँग्रेसमा प्रवेश गरेको बताए । सरकारले मुस्लिम समुदायको महान् पर्बलाइ बेवास्ता गरेको भन्दै उनले दुःख समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले बिपी कोइराला जातीय विभेदको अन्त्य गर्ने काँग्रेस पार्टी स्थापना गरेको भन्दै मुस्लिम समुदायका नेतालाई काँग्रेसमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । उनले वर्तमान एमाले सरकारले जातीय विभेद विरुद्ध ठोस कार्य गर्न नसेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस वराहक्षेत्रका नेताहरू सन्त राई, माधव सुवेदी , शिव रायमाझी , तुलसी श्रेष्ठ, चित्र राई लगायतको उपस्थित रहेको थियो ।

नवप्रेवशीहरुलाई नेपाली काँग्रेसको साधारण सदस्यको रसिद समेत दिइएको थियो ।

baraha-2-musli