धरान : मोरङको लेटाङ र सुन्दरहरैचामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको लेटाङ-९ का ४५ वर्षीय रवीन्द्र कुमार लिम्बु आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको छ । गए राती साढे १२ बजे लेटाङ-९ पारुहाङ चोक स्थितमा मे ९ प ९५१ नम्बरको मोटरसाइकलमा सवार लिम्बुको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक लिम्बुको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

यसै गरी मोरङ सुन्दरहरैचा-७ गोठगाउका २६ वर्षीय विनोद घिमिरेको करेन्ट लागी मृत्यु भएको छ ।
हिजो बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वायरिङ गर्ने क्रममा करेन्ट लागी घाइते भएका उनको नोबेल अस्पतालमा उपचारको क्रममा हिजो बेलुका साढे ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।