धरान : धरान-३ शान्ति पथबाट हिजो बेलुका साढे ५ बजे चेकजाँचको क्रममा गाँजा सहित २ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिदभुमि ६ का २० वर्षीय निगम राई र सोही स्थानका १९ वर्षीय शुक्रराज राई रहेका छन् । को १३ प ६७८२ नम्बरको मोटरसाइकलमा सवार गरी आएका उनीहरूले बोकेको झोलाबाट गाँजा २ केजी फेला परेको हो ।

उनीहरूले चढेको मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।