धरान : जनता समाजवादी पार्टी नेपाल साँगुरीगढी गाउँपालिका धनकुटाले साँगुरीगढी गाउँपालिकालाई ६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा साँगुरीगढी गाउँपालिकाको पर्यटकीय केन्द्र भेडेटार लगायत पर्यटन उन्मुख अरू स्थलहरूको पर्यटन प्रवर्द्धन गर्नुपर्ने, पर्यटकीय स्थलहरूको फोहोरमैला व्यवस्थापन गर्नुपर्ने र फोहोर मैला व्यवस्थापन गर्न नसकेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

भेडेटारको चारै तिर यातायातको सञ्जाल निर्माण भई सो स्थानको पार्किङ व्यवस्थित गर्नुपर्ने लगायतको माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाको समसामयिक विषय वस्तुको उठान गरेर ज्ञापन पत्र बुझाएको जनता समाजवादी पार्टी नेपाल साँगुरी गढी गाउँपालिकाका अध्यक्ष लिलाराज लावतीले बताएका छन् ।

Ssfo-1 Ssfo-2