धरान : सुनसरीको दुहबी नगरपालिका ११ तनमुनामा थ्रेसरबाट आगोलागी हुँदा लाखौको धनमाल क्षेती भएको छ ।

आज दिउसो साढे ११ बजे सोमनलाल माझीको घर आगनमा थ्रेसर राखी गँहु झारी रहेको अबस्थामा अचानक थ्रेसरबाट आगोलागी हुँदा प्र.–१–००२–००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र सोमलाल माझीको घर तथा घरमा रहेका सरसामान, अन्नपात जलि नष्ट हुँदा १९ लाख बराबरको धनमाल क्षेती भएको प्रहरीले जनाएको छ ।

उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा दिउसो साढे १ बजे पुर्ण रुपमा नियन्त्रणमा लिईएको छ । आगो निभाउने क्रममा सोही स्थानका ४७ बर्षीय राजेन्द्र शाह समेत घाईते भई उपचारको लागी बिराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।