धरान : गोर्खा कम्पनी ट्रेनिङ सेन्टर धरान १८ द्वारा स्थापित ’वीर गोर्खा पत्रकारिता पुरस्कार’ धरानका वरिष्ठ पत्रकार हर्ष सुब्बा र मनिता चाम्लिङलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ भने वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार सन्जिता धमलालाई प्रदान गरिने भएको छ ।

गोर्खा कम्पनी ट्रेनिङ सेन्टरद्वारा मिति २०७७ माघ १८ गते सो पुरस्कार घोषणा गरेको थियो । सेन्टरले  विज्ञप्ति मार्फत पुरस्कृत हुनेहरूको नाम सार्वजनिक गरेको हो ।  यी दुई पुरस्कारको रकम राशि क्रमशः ५० हजार र २० हजार रुपैयाँ रहेको छ । 

गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले स्थापना गरेको वीर गोर्खा पत्रकारिता पुरस्कार’ र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार’ यही मिति २०७८ साल वैशाख १ गते सेन्टरको कार्यालय धरान-१८ रत्न चौकमा प्रदान गरिने गोर्खा कम्पनी ट्रेनिङ सेन्टरका सञ्चालक प्रेम मुकारुङ राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । 

gorkha-press-release