धरान : उदयपुरको कटारी नगरपालिका ४ सिम्ले बस्ने ३९ बर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागी मृत्यु भएको छ ।

हिजो बेलुका साढे ५ बजे घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागी घाइते भएकी उनको उपचारको लागी शान्ति हेल्थ केयर मिर्चैया सिराहा पुर्‍याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।