इनरुवा : सुनसरीको इटहरीमा नयाँ वर्षको आगमन सँगै थारु समुदायले आफ्ना पूर्वजहरूको आर्सीवाद लिई सिरुवा पर्व मनाउनु शीतल जल एक आपसमा आदान प्रदान गरी जुर शीतल कार्यक्रम मनाएका छन् ।

इटहरी ४ स्थित कचना महादेवको ग्रामथानको प्राङ्गणमा भेला भई उठौँ थारु जुटौँ थारु आफ्नो हक अधिकारको लागि लडौँ थारु मुल नारा रहेको थारु कानुन व्यवसायी केन्द्रीय, था.क.स. नगर समिति इटहरी,थारु पत्रकार सङ्घ नेपाल, ग्रामथान संरक्षण समिति सुनसरी थारु युवा सभा सुनसरी सहितको संयुक्त समन्वय तथा थारु महिला सभा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा जुर शीतल कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो ।

वर्ष भरी सुख शान्ति समृद्धि तथा रोग व्यथा नलागोस् भन्ने पौराणिक मूल्य मान्यता तथा संस्कार अनुरूप नयाँ वर्षको आगमन सँगै ग्रामथानमा पूजाआजा गरी आफ्ना इष्ट देवलाई शीतल जल चढाई सोही जल एक आपसमा छर्के जुर शीतल मनाउने गरेको सभाकी ममता चौधरीले जानकारी गराइन ।

आफ्नो पचिहान सँग जोडिएको संस्कार संस्कृतिको जर्गेना गरी भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्नका लागि सामूहिक रूपमा जुर शीतल तथा सिरुवा पर्व मनाउने गरेको सभाकी अध्यक्ष सुशीला लेखिले बताइन ।

सोही कार्यक्रममा ग्रामथान संरक्षणका अगुवा तेजनारायण चौधरी, कानुन व्यवसायी रामराज चौधरी, थारु अगुवा राजकुमार चौधरी लगायतले आफ्ना मन्तव्य राखेका थिए ।

त्यसै गरी सोही कार्यक्रममा थारु समुदायबाट नेपाल पत्रकार महासङ्घको चुनावमा विजय हासिल गर्ने थारु पत्रकारलाई सम्मान गरिएको छ । सम्मानित हुने थारु पत्रकारहरूमा केन्द्रीय परिषद् सदस्य शुकदेव चौधरी, प्रदेश परिषद् सदस्य कुलदिप चौधरी, गवनसिंह चौधरी, सुनिल चौधरी रहेका छन् ।

सम्मानित पत्रकारहरूलाई खादा, अबिर, तथा डायरी हस्तान्तरण गरेर कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि सहितले सम्मान गरेका थिए ।

Jur-sital-Tharu-patrakar