इटहरी : इटहरी उपमहानगरपालिकाले कृषक तथा कृषि समूहलाई पावर टिलर वितरण गरेको छ ।

तीन वटा कृषि सहकारी संस्था र छ वटा उत्कृष्ट कृषि फम सञ्चालन गरेका कृषकहरूलाई उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले पावरटिलर हस्तान्तरण गरेका हुन् ।

उपमहानगरको ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो । तीन वटा कृषि सहकारी संस्थालाई रिपर हेड सहितको पावर टिलर वितरण गरिएको हो । सो पावरटिलरले जोत्नका साथै धान गहुँ काट्न समेत मिल्छ ।

सिद्धार्थ कृषि सहकारी इटहरी १२,सनेस कृषि सहकारी इटहरी १८ र अग्रणी कृषि सहकारी इटहरी १४ लाई रिपरहेड सहितको पावर टिलर वितरण गरिएको हो ।

उत्कृष्ट कृषि फम सञ्चालन गरेका कृषकहरू लाल बहादुर श्रेष्ठ इटहरी १८,अनुराधा कुमारी राउत इटहरी १७,विक्रम कुमार चौधरी इटहरी १४,खेमराज पोखरेल इटहरी १,पुरनलाल चौधरी इटहरी १५ र गङ्गा ध्वज राई इटहरी ३ लाई पावर टिलर वितरण गरियो ।