विराटनगर : प्रदेश १ मा आज २६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा १३, झापामा ८, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३, झापाको बिर्तामोड र दमकमा २–२, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी र दुहबीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

हाल सम्म सङ्क्रमितको सङ्ख्या ३० हजार ४९६ पुगेको छ । सङ्क्रमित भएका मध्ये २९ हजार ८७० सङ्क्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज २९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीषण गरिएका मध्ये १२ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३३ हजार ७६८ जनाको पीसीआर परीषण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।