झापा :  झापामा आज थप ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। सङ्क्रमित हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन् ।

सङ्क्रमितहरू दमक-२ र १० नं. वार्डका २ जना महिला, बिर्तामोड-३ र १ नं. वार्डका १ महिला र १ पुरुष, कनकाईका १ पुरुषमा, अर्जुनधारा-६ का १ पुरुषमा, मेचीनगर-१२ का १ महिला, झापा-३ का १ पुरुषमा र भद्रपुर-१० का १ पुरुष गरी ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिए ।

यो सँगै झापामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या हालसम्म ४ हजार ६ सय ६१ पुगेको जनाइएको छ । सङ्क्रमित सबै स्थानीय रहेका छन् । यस्तै, हालसम्म कोरोना सङ्क्रमण भई निको भएर डिस्चार्ज हुनेको सङ्ख्या ४ हजार ४ सय ९९ पुगेको छ । हालसम्म कोरोना सङ्क्रमित भई आइसोलेसनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ ।

झापामा हालसम्म ३७ हजार २ सय २८ जनाको पीसीआर गरिएको जनाइएको छ । कोरोना सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या भने १ सय २९ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिए ।