विराटनगर : प्रदेश १ मा आज २० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या १७९ पुगेको छ ।

प्रदेश १ मा आज २२६ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।