धरान : झापाको शिवसताक्षी नगरपालिका १ दुधेमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

आज बिहान ४ बजेर २० मिनेटमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर ७ बस्ने ३० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक घिमिरेलाई उपचारको लागि विएण्डसी अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा एम्बुलेन्सको सहचालक ललितपुर ७ बस्ने ३० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भएका छन् । उनको विएण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।