धरान : पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडी मृत्यु भएको छ ।

बुधवार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापु तर्फ जाँदै गरेको प्रदेश १–०१–००१त८९६७ नम्बरको ट्याक्टरबाट लडी घाइते भएका सह–चालक चेम्जोङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ट्याक्टर र चालक पाँचथर कुम्मायक ३, रानिगाँउका २३ वर्षीय काली बहादुर तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।