विराटनगर : प्रदेश १ मा आज १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जू र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जना रहेका छन् ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ५३२ पुगेको छ । सङ्क्रमित मध्ये २९ हजार ८७० सङ्क्रमणमुक्त भएका छन् । १९५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म २ लाख ३४ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।