इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ४ धनपुरी नयाँ पुलका ५७ वर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ ।

आज दिउसो पौने १ बजे सोही स्थानमा चतराबाट झुम्का तर्फ गइरहेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ।

बस र चालक बराहक्षेत्र ५ का ४६ वर्षीय गोपाल गौतम नियन्त्रणमा रहेको सो कार्यालय जनाएको छ।