विराटनगर : प्रदेश १ मा आज ३३ जना कोरोना सङ्क्रमित थपिएका छन्।

मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी, र उदयपुरमा २-२ जनामा सङ्क्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा १४, बुढीगंगा, रङ्गेली, लेटाङ र उर्लाबारीमा १-१,झापाको बिर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २-२, दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १-१, उदयपुरको उदयपुर गढी र कटारीमा १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ५६५ पुगेको छ। सङ्क्रमित भएका मध्ये २९ हजार ८७८ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित २१५ पुगेका छन्।

प्रदेश १ मा आज २९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

हालसम्म २ लाख ३४ हजार ४५५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।