धरान : उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदहकी ४५ बर्षीय शारदा चौधरीको ट्याक्टरको ट्रलीबाट लडेर मृत्यु भएको छ ।

शुक्रवार बिहान साढे १० बजे उनी जङ्गलबाट घाँस काटी आउँदै गरेको प्रदेश २–०१–००१ त ००८१ नम्बरको ट्याक्टरमा घाँस लोड गरी पछाडि डालामा बसी आउने क्रममा सोही ट्याक्टरको ट्रलीबाट लडी गम्भीर घाइते भएकी उनको उपचारको लागी विराटनगर तर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।